सप्तरीमा रोकिरहेको ट्यांकरलाई ट्रकले ठक्कर दिँदा १ जनाको मृत्यु, ३ जना घाइते

  • प्रकाशित मिति: भदौ ८, २०७८ / sancharlaya
alt

सप्तरी । सप्तरीमा रोकिरहेको टयांकरलाई ट्रकले ठक्कर दिँदा भएको एकजना बालिकाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

सुरुङगा नगरपालिका–४ कदमाहामा को १ ख ६९५६ नम्बरको तेल टयांकरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ८ ख ३४२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो ।

उक्त दुर्घटनामा परी ट्रक चालक सुनसरीको रामधुनी ईकराही नगरपालिका–४ बस्ने आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी ट्रक चालक ४५ वर्षीय चौधरी, उनकी ४० वर्षीया श्रीमती चन्द्रकाला र २३ बवर्षीय छोरा आशिष चौधरी घाईते भएका छन् । उनीहरुको लहानमा उपचार भइरहेको छ । मृतक र घाइते एउटै परिवारका रहेको प्रहरीले जनाएको छ ।

ट्रक र ट्यांकर नियन्त्रणमा लिइएको तथा फरार भएका ट्यांकर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

झापामा सवारी दुर्घटन ...

झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक– ९ का अन्दाजी ४० ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की