इटहरीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति: भदौ ९, २०७८ / sancharlaya
alt

इटहरी । इटहरीमा ट्रकको ठक्करबाट एक किशोरको मृत्यु भएको छ ।मृत्यु हुनेमा रामधुनी–३ बस्ने १८ वर्षीय निरन्जन खड्का रहेका छन् ।

इटहरी–१७ पकली चोक नजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र १–०५–००१ ख ००४९ नम्बर ट्रकले अल्फाबेट नखुलेको ९१६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनाबाट गम्भीर घाइते भएका खड्कालाई उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाएकोमा उपचारको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक संखुवासभा स्याबुन–८ बस्ने ५५ वर्षीय इबराज श्रेष्ठ र ट्रक इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेका छन् ।

स्थानीयका अनुसार मृतक खड्का अल्फाबेट नखुलेको ९१६३ नम्बरको मोटरसाइकल पछाडि सवार रहेको खुल्न आएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की