सुनसरीमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

  • प्रकाशित मिति: भदौ ११, २०७८ / sancharlaya
alt

सुनसरी । सुनसरीको कोशी गाउँपालिका ३ जमुवा चोकस्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी महादेवा गाउँपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् ।

पश्चिमतर्फ जादै गरेको प्र २-०३-००१ च ३००७ नम्बरको पिकअपले बिपरित दिशाबाट आउदै गरेको प्र २-०१-००२ प ५६५ नम्बरको मोटरसाईकललाई हिजो दिउँसो १२ बजे ठक्कर दिदा दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी मोटरसाईकल पछाडी सवार एक जना घाईते भएका छन् ।

सो दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक राम नाथको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाईकल पछाडी सवार सप्तरी हुनुमान कंकालिनी नगरपालिका ११ का १९ बर्षीय सन्तोष कुमार मण्डलको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने पिकअप र चालक सर्लाही बर्छवा ९ का २३ बर्षीय अंश कुमार साह प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की