अफगानिस्तान परिवर्तन: गम्भीर चिरफार गर्न सार्कलाई सुझाव

  • प्रकाशित मिति: भदौ १६, २०७८ / सञ्चारलय
alt

काठमाडौं / अफगानिस्तानमा बीस वर्षअघि सत्ताबाट हटाइएको तालिबान विद्रोही पुनः सत्तामा पुगेपछि विश्वभर अहिले यसको राजनीतिक आयामबारे चर्चा चलिरहेको छ । भौगोलिक रूपमा मध्यएसियामा पर्ने भूपरिवेष्टित देश अफगानिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -सार्क_को सबभन्दा कान्छो सदस्य पनि हो ।

सन् २००७ मा सार्कको सदस्यता लिएको अफगानिस्तानमा देखिएको परिवर्तनले दक्षिण एसियाली देशहरूमा कुनै न कुनै प्रभाव पार्नु स्वाभाविक हुने कूटनीतिक मामिलाका जानकारहरू बताउँछन् । “यसबाट दक्षिण एसियाको भूराजनीतिक शक्ति सन्तुलनमा केही फेरबदल ल्याउन सक्छ”, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका सदस्य डा. रुपक सापकोटा भन्छन्, “पृथकतावादी सोच राख्नेहरूलाई मनोवैज्ञानिक रूपमा लामो समय लड्ने हो भने ठूलाठूला शक्तिलाई पनि परास्त गर्न सकिने रहेछ भन्ने उक्साहट दिन सक्छ । त्यसैले प्रत्येक देशले यसलाई गम्भीरतापूर्वक नियाल्नुपर्छ ।”

अफगानिस्तानसँग नेपालको प्रत्यक्ष सिमाना जोडिएको छैन । यद्यपि म्यानमारबाट लखेटिएका रोहिङ्ग्या शरणार्थी, बङ्गलादेशबाट भारत हुँदै काठमाडौँसम्म आइपुगेको तथा यसअघि नै भुटानबाट ओइरिएका हजारौँ भुटानी शरणार्थीको समस्या झेलिसकेको नेपाललाई त्यहाँको परिवर्तनको बाछिटाले नछोला भन्न सकिँदैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की