घरमै भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा बेलबारीबाट एक जना पक्राउ

  • प्रकाशित मिति: भदौ २१, २०७८ / sancharlaya
alt

मोरङ । आफ्नै घरमा भरुवा बन्दुक बनाएर बेचबिखन गरेको आरोपमा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् ।

बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले उनलाई हिजो बेलुका ६ बजे घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार लिम्बुले आफ्नो घरमा भरुवा बन्दुक बनाउने ‘कारखाना’ नै सञ्चालन गरेका थिए।

उनको घरबाट भरुवा बन्दुक १ थान, बन्दुक बनाउन प्रयोग गरिने नाल २ थान, काठको बट ४ थान, फलामको पड्किने पाशो भएको बन्दुक १ थान, बारुद १ केजी, बन्दुकको नाल सफा गर्ने रड १ थान, फलामको काजो ३ थान पनि वरामद भएको प्रहरीले जनाएको छ।

यस्तै, उनको घरबाट ५ थान हरिणको सिङ पनि वरामद भएको प्रहरीले जनाएको छ । लिम्बुले घरमा नै विभिन्न औजारहरु प्रयोग गरेर बन्दुक बनाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लिम्बुलाई इलाका प्रहरी कार्यालय बेलबारीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

नयाँ गीत ‘तिम्रै हुन ...

काठमाडौं । गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाउँ’ ल्याएकी छन् । माया प्रेमका ...

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की