सुनसरीमा थप असोज ४ गते सम्म खुकुलो गरेर १५ दिन निषेधाज्ञा थपियो(सुचनासहित)

  • प्रकाशित मिति: भदौ २१, २०७८ / बिनिता कटुवाल
alt

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो गर्दै असोज ४ गते सम्म १५ दिन निषेधाज्ञा थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा हिजो (आइतबार) बसेको डिसिसिएमसीको बैठकले कोरोना महामारी कायमै रहेको र संक्रमणदर पनि कायमै रहेको भन्दै असोज ४ गते सम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

विद्यालय सञ्चालन गर्नुपर्ने विषयमा निकै छलफल भएको भए पनि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा पठन पाठन गर्न नपाउने तर नगरी नहुने अवस्था भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णय गराई सञ्चालन गर्न सक्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्ने, नगराउने, यस अवधिमा पर्ने चाडपर्वहरू स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरी न्यूनतम सहभागितामा साङ्केतिक रूपमा मात्र मनाउन पाउने भनिएको छ ।

यसै गरी सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, सबै यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाउने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनिएको छ ।

भारतीय नाकाहरूबाट आवतजावत गर्न पूर्ण निषेध गरिएको छ ।कोभिड १९ सम्बन्धी आदेशको प्रभावकारी पालना सम्बन्धमा सुरक्षा निकायबाट नियमित आकस्मिक अनुगमन हुनेछ । अनुगमनका क्रममा यस आदेशको अवज्ञा भएको पाइएमा कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही हुनेछ ।

सङ्क्रमण बढ्न गएमा यस आदेशमा भएका व्यवस्थाहरू कुनै पनि बेला पुनरावलोकन गर्न सकिने प्रमुख जिल्ला अधिकारी उमेश ढकालद्वारा जारी सूचनामा उल्लेख छ ।

1j

2j

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की