रामकुमार नेपालीको मौलिक गीत सार्वजनिक ( भिडियोसहित)

  • प्रकाशित मिति: भदौ २१, २०७८ / sancharlaya
alt

काठमाडौं । सर्वसाधारणबाटै छाडा गीत संगीतको तीव्र विरोध हुन थालेपछि पछिल्लो समय मौलिक गीत संगीत भित्रिने क्रम बढ्न थालेका छन् । यस्तैमा मौलिक गीत ‘के छ खबर भन्नेलाई ठिकै छ’ सार्वजनिक भएको छ ।

लामो समयदेखि उत्कृष्ट गीत संगीतमार्फत श्रोता तथा दर्शक रिझाउन सफल गायक गायिका रामकुमार नेपाली, आशा केसी, अमृता भारती र सपना सुनामको स्वर गीतमा रहेको छ । अमृत भारतीको शब्द रहेको गीतमा संगीत संयोजन सञ्जय श्रीपालीले गरेका छन् ।

बाँचुञ्जेल भेटघाट हुँदा हाँस्ने खेल्ने गर, यो संसारमा अजम्बरी को मान्छे नै छ’ जीवनको यर्थाथ बोध गराउने र बाँचुन्जेल हाँसखेल गरेर बिताउनु पर्ने आसय ब्यक्त गर्ने गीतले एक अर्कोसँग मिल्नुपर्ने सन्देश समेत दिएको छ । गीत निकै रमाइलो बनेको छ । सुन्दैमा नाचु नाचु लाग्ने खालको गीतको आकर्षक भिडियो समेत निर्माण भएको छ । जसमा समर्पण शाही, अस्मिता रनपाल, राजु आरडी, जुनु एस डी र विश्वराज ढलाकोटीको अभिनय देख्न सकिन्छ । याम गुरुङको निर्देशन, महेश महराको छायाँकन र वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन गीतमा छ ।

भिडियो:

तपाईको प्रतिक्रिया दिनुहोस्

नयाँ गीत ‘तिम्रै हुन ...

काठमाडौं । गायिका विन्दु परियारले नयाँ गीत ‘तिम्रै हुन पाउँ’ ल्याएकी छन् । माया प्रेमका ...

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की