संखुवासभामा हत्या गरिएका ६ जनाको शव पोस्टमार्टमका लागि धरान पठाइयो

  • प्रकाशित मिति: भदौ २२, २०७८ / sancharlaya
alt

इटहरी । संखुवासभामा हत्या गरिएका एकै परिवारका ६ जनाको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । प्रहरीका अनुसार मृतको शव मुचुल्का गरेर पोष्टमार्टमका लागि मंगलबार धरान ल्यार्इएको हो ।

घटनाको अनुसन्धानमा संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहाल नेतृत्वको प्रहरी टोली खटिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेको छ । संघीय प्रहरी इकाइ कार्यालय धरानका एसपी भीम दाहालले घटनाको विषयमा मिहिन ढंगले अनुसन्धान सुरु गरिएको बताएका छन् ।

मादी नगरपालिका–१, खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको अवस्थामा सोमबार बिहान घरभित्र, नजिकै बाटो र खेतमा शव फेला परेको थियो ।सो घटनामा ६ जनाकै शव फरक फरक चार ठाउँमा भेटिएको थियो ।

कान कम सुन्ने र आँखा धमिलो देख्ने बौदमानबाहेक घरका सबैको हत्या भएको हो । उनकी ८४ वर्षीया श्रीमती पार्वती कार्की, छोरा तेजबहादुर र उनकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जना, ११ वर्षीय नाति दीपेन र सात वर्षीया नातिनी गोमाको शव अलग–अलग ठाउँमा भेटिएको थियो ।

तेजबहादुरका छोरा रमेश र नरेश वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । घटनापछि एकजना काठमाडौं आइपुगेको बताइएको छ । मृत्यु भएकी रन्जना रमेशकी श्रीमती हुन् । नरेशकी श्रीमती झापामा बस्दै आएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की