संसद् अधिवेशनमा अवरोध गर्ने एमाले संकेत

  • प्रकाशित मिति: भदौ २३, २०७८ / sancharlaya
alt

काठमाडौं । संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ। बुधबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने संकेत दिएपछि यी काम कसरी अघि बढ्छन् भन्ने अन्योल उत्पन्न भएको छ।

एमालेले अघिल्लो अधिवेशन षड्यन्त्रमूलक ढंगले अन्त्य गरेको र अहिले पनि षड्यन्त्रमूलक तरिकाले नै बोलाइएको, सभामुख तटस्थ नभएको जस्ता विषय उठाएर बैठकमा अवरोध गर्ने संकेत गरेको छ। अघिल्लो अधिवेशन अन्त्य गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याई पार्टी फुटालेर निर्वाचन आयोगले दल रोज्न दिएको मिति सकिएको भोलिपल्ट अधिवेशन बोलाउनु षड्यन्त्र भएको एमालेको आरोप छ। निर्वाचन आयोगले विभाजित दलका जनप्रतिनिधिलाई दल रोज्न मंगलबारसम्मको समय दिएको थियो।

एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति पनि आक्रोशित छ। तत्कालीन वरिष्ठ नेता माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेर पत्र बुझाउँदा पनि सभामुखले सूचना जारी नगरेको एमाले आरोप छ। एमाले आक्रामक बनेका कारण सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक नै नबोलाई संसद् बैठक सुरु गर्दैैछन्। सभामुखको राजीनामा माग्दै सदन अवरुद्ध गर्ने तयारी एमालेको रहेको स्रोतले बताएको छ। एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले भने संसद्मा एमालेको भूमिका संसदीय दलको बुधबार ९ बजे बोलाइएको बैठकले तय गर्ने बताए।

संसद्को पहिलो बैठकमा एउटा अध्यादेश टेबुल गर्ने र ११ अध्यादेश स्वीकृत गर्ने कार्यसूची राखिएको छ। बजेटसम्बन्धी अध्यादेश स्वीकृत भएमा बुधबार नै प्रतिस्थापन विधेयक दर्ता गर्ने तयारी सरकारको छ। तर दिनको ४ बजे बोलाइएको बैठक अवरोध भएर कार्यसूचीमा प्रवेश गर्न सकेन भने बुधबार प्रतिस्थापन विधेयक दर्ता हुन सक्दैन। निरन्तर संसद् अवरोध भई कार्यसूचीमा प्रवेश हुन सकेन भने अधिवेशन अन्त्य गरी अर्को अध्यादेश जारी गर्नुपर्ने हुन्छ।

एमालेका एक नेताले भने, ‘प्रतिस्थापन विधेयकमा संशोधन भएर आएमा सदनमा पास हुन दिँदैनौँ।’ यो समाचार नागरिक दैनिकमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

झापामा सवारी दुर्घटन ...

झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक– ९ का अन्दाजी ४० ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की