एमसीसी ‘अनुमोदनको संकेत’

  • प्रकाशित मिति: भदौ २६, २०७८ / sancharlaya
alt

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्। राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ।

सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्। एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने÷नहुने सरकारको हातमा रहेको बताएका थिए। प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, ‘एमसीसी कम्प्याक्ट अगाडि बढाउन मैले राजनीतिक स्तरमा छलफल जारी राखेको छु।’

यसअघि प्रधानमन्त्रीले कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहायता परियोजना भएकाले पारित गर्नुपर्ने धारणा राखेका थिए। एमाले अध्यक्ष ओलीले पनि सुमारसँग आफूहरूले विगतमा पारित गराउने इमानदार प्रयास गरेको अवगत गराएका थिए। यसले दुवै ठूला दलका प्रमुख नेताले एमसीसी अनुमोदन गराउन चाहेको देखाउँछ।

उपाध्यक्ष फातिमा प्रधानमन्त्री देउवालाई भेट्न शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेकी थिइन्। भेटका क्रममा उनीहरूले एमसीसी र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूबारे छलफल गरेका थिए। प्रधानमन्त्री देउवाले भेटपछि ट्वीट गर्दै लेखेका छन्, ‘आज एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई भेट्न पाउँदा खुसी लाग्यो।

हामीले एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रूपान्तरणका सम्भावनाहरूसहित नेपाल–अमेरिका सहयोगबारे विचार आदानप्रदान गरेका छौं।’ भेटमा उपाध्यक्ष फातिमाले एमसीसी संसद्बाट अनुमोदन हुनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएकी थिइन्। प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीचको भेटबारे अर्थ मन्त्रालयले साँझ विज्ञप्ति जारी गरेको हो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की