देउवाविरुद्ध पौडेल समूह आक्रामक

  • प्रकाशित मिति: भदौ २९, २०७८ / sancharlaya
alt

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले डडेल्धुरा जिल्लामा भएको वडा अधिवेशन अस्वीकार गरेको छ । गत २५ भदौमा डडेल्धुरामा सम्पन्न वडा अधिवेशन सत्ता र शक्तिको आडमा एकतर्फी रूपमा धाँधली र बलमिच्याइपूर्वक गरिएको भन्दै पौडेल समूहले सो जिल्लाको वडा अधिवेशन पुनः गरिनुपर्ने बताएको हो ।

नयाँ अधिवेशन मिति तोकेर नेतृत्व छान्न पार्टी नेतृत्व तयार नभए मनोमानी सहेर नबस्ने पौडेल समूहको चेतावनी छ ।सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित आफ्नो समूहको बैठकलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पुनः वडा अधिवेशन गरिनुपर्ने बताए ।

उनले डडेल्धुरा शैलीमा स्वेच्छाचारी प्रवृत्तिको पुनरावृत्ति २० जिल्लामा पनि नदेखाउन पार्टी नेतृत्वलाई खबरदारी गरे । ‘सत्ता र शक्तिको दुरुपयोग गरेर चुनाव गर्ने काम कांग्रेसलाई सुहाउँदैन । हामी यस्तो अधिवेशनलाई मान्दैनौं, धाँधली गरेर सत्ता हत्याउन हामी दिदैंनौं,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने ।

नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुंगो नलगाई अधिवेशन निर्वाचन प्रारम्भ गरिएको छ,’ बैठकपछि जारी विज्ञप्तिमा पौडेलले भनेका छन्, ‘पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयसमेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रो गम्भीर असहमति छ ।’

डडेल्धुरामा तल्ला तहबाट सिफारिस गरी पठाइएका क्रियाशील सदस्यतामा समावेश नाम केन्द्रबाट कटौती गरेर आफूखुसी नाम थप गरिएको भन्दै जिल्ला नेतृत्व नै केन्द्रसँग असन्तुष्ट रहँदै आइरहेको छ ।

डडेल्धुराका जिल्ला सभापति कर्ण मल्लको बहिष्कारका बाबजुद सो जिल्लामा केन्द्रको निर्देशनमा वडा अधिवेशन सम्पन्न भइसकेको छ । सो अधिवेशनमा सभापति शेरबहादुर देउवाबाहेकको समूहले भने सहभागिता जनाएको छैन ।

यो समाचार आजको राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की