इटहरीका वडाअध्यक्षलाई फोनमा धम्की दिदै २० लाख माग्ने २४ बर्षीय पुरुष पक्राउ

  • प्रकाशित मिति: भदौ २९, २०७८ / sancharlaya
alt

इटहरी । इटहरी वडा नं १९ का वडाअध्यक्ष नारायण चौधरीलाई फोन गरि धम्की दिएर पैसा माग्ने एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्ने झापाको दमक वडा नं १ का २४ बर्षीय पुण्यबहादुर श्रेष्ठ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इटहरी वडा नं १९ का वडाअध्यक्ष नारायण चौधरीलाई असार १३ गते दिउँसो फोन गरेर गालीगलौज गरी धम्की दिदै २० लाख मागेका थिए । उक्त घटना पछि श्रेष्ठ फरार रहेका थिए ।

उनलाई खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय दमकको सहयोगमा गाउँमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई प्रहरीले मुलुकी अपराध संहिता ऐन २०७४ वमोजिम अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ । साथै, जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरि कानुनी प्रकृया अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

ताप्लेजुङमा ट्याक्टर ...

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टरको ठक्करबाट एक पदैल यात्रीको मृत्यु भएको छ । ताप्लेजुङको सिरिजंघा ग ...

अमेरिका पुगेर परराष् ...

काठमाण्डौ । राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुगेका परराष्ट्रमन्त्री नारायण खड्काले एमस ...

सुनसरीमा करेन्ट लागे ...

इटहरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी नगरपालिका ९ का ५५ बर्षीय ...

टी-२० मा १० हजार रन ...

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। ...

प्रधानमन्त्री देउवाल ...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक आज (सोमबार) अपरान्ह ...

३०० रुपैयाँले बढ्यो ...

काठमाण्डौ । सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ह ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की