टी-२० मा १० हजार रन पूरा गर्ने बिराट पहिलो भारतीय

  • प्रकाशित मिति: आश्विन ११, २०७८ / sancharlaya
alt

एजेन्सी । भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। बैंगलोरका कप्तान कोहलीले आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेका हुन्।

आइतबार टस जितरे पहिलो ब्याटिङ गरेको आरसिबीका लागि ओपनर कोहलीले मुम्बई विरुद्ध १६ रन जोडेसँगै १० हजार रनको कीर्तिमान बनाएका हुन्। उनले ३१४ टी-२० खेलमा उक्त कीर्तिमान बनाएका हुन्।

कोहलीले मुम्बई विरुद्ध ३.३ ओभरमा छक्का प्रहार गर्दै टी(२० क्रिकेटमा १० हजार रन पूरा गरे। जसप्रति बुम्राहको बलमा छक्का प्रहार गर्दै कोहलीले भारतीय क्रिकेटमा थप एक कीर्तिमान बनाए।

यो कीर्तिमान बनाउने उनी विश्वका भने पाँचौं खेलाडी हुन्। उनी अघि क्रिस गेल (वेस्टइन्डिज), किरन पोलार्ड (वेस्टइन्डिज), शोएब मलिक (पाकिस्तान) र डेभिड वार्नर (अस्ट्रेलिया) ले टी-२० क्रिकेटमा १० हजार रनको कोसेढुंङ्गा पुरा गरेका छन्।

टी-२० मा सर्वाधिक रनको कीर्तिमान वेस्टइन्डिजका स्टार क्रिस गेलका नाममा रहेको छ। गेलले १४ हजार बढी रन बनाएका छन्। गेलले ४४७ खेलमा १४२७५ रन बनाएका छन्।

त्यस्तै पोलार्डले ५६४ खेलमा ११२०२ रन बनाउँदा शोएब मलिकले ४३६ खेलमा १०८०८ रन बनाएका छन्। त्यस्तै डेभिड वार्नरले ३०६ खेलमा १००१९ रन बनाए। कोहलीले ३१४ खेलमा १००३८ रन बनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की