विश्वव्यापी ६ घन्टाको अवरोधपछि फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्राम पुनः सञ्चालनमा

  • प्रकाशित मिति: आश्विन १९, २०७८ / sancharlaya
alt

काठमाडौं । सामाजिक सन्जालहरु फेसबुक, ह्वाट्सयाप र इन्स्टाग्राम करिव ६ घन्टा विश्वव्यापी अवरोधपछि पुनः सञ्चालनमा आएका छन् ।

विश्वभर सोमबार रातिबाट ६ घन्टा नचलेका फेसबुकको स्वामित्वमा रहेका तीन सामाजिक सञ्जाल सेवाहरु ६ घण्टा लामो समय ‘डाउन’ भएपछि पुनः सेवामा फर्किएका हुन् ।

यी तीन वटै सामाजिक सन्जाल फेसबुकका हुन् । अनि तीन वटै सामाजिक सन्जालहरु वेबमा वा स्मार्टफोनमा पनि चलेका थिएनन् ।

डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरु रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ । डाउनडिटेक्टरले ‘आउटेज’ लाई ट्रयाक गर्ने गर्छ ।

यसअघि सन् २०१९ मा फेसबुकमा यस्तै समस्या आएको थियो, डाउन भएको थियो । सोमबार राति पौने १० बजेतिरदेखि फेसबुक, ह्वाट्सएप र इन्स्टाग्राममा पहुँच बन्द भएको थियो ।

पूर्ण तहको सेवा फर्किन केही समय लाग्न सक्ने फेसबुकका प्रमुख प्राविधिक अधिकृत माइक स्क्रोएप्फेरले बताएका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की