साफ च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, श्रीलंकालाई २२ वर्षपछि हरायो

  • प्रकाशित मिति: आश्विन १९, २०७८ / sancharlaya
alt

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दोस्रो जित हात पारेको छ।सोमबार राति सम्पन्न खेलमा नेपालले श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गरेको हो।

श्रीलंकालाई नेपालले साफमा २२ वर्षपछि पराजित गरेको हो। यसअघि श्रीलंकालाई नेपालले सन् १९९९ मा पराजित गरेको थियो।

नेपालका लागि खेलको ३३औं मिनेटमा सुमन लामाले अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको सुरुवातमै अन्जान विष्टले नेपालको अग्रता दोब्बर बनाए। तर श्रीलंकाका मार्विन ह्यामिल्टनले ५७औं मिनेटमा नेपालविरुद्ध गोल फर्काए।

खेलको ८६औं मिनेटमा तेज तामाङको क्रस पासमा आयुष घलानले नेपाललाई ३–१ को स्थितिमा पुर्‍याए।

खेलको इन्ज्यूरी टाइममा गौतम श्रेष्ठले ह्यान्ड गरेपछि श्रीलंकाले पेनाल्टी पायो। त्यसलाई उसका डि सिल्भाले सदूपयोग गरे। यद्यपि खेल नेपालको पक्षमा रह्यो।

यो जितसँगै नेपाल शतप्रतिशत नतिजासहित पहिलो स्थानमा रहेको छ। त्यस्तै बंगालादेश दोस्रो स्थानमा रहेको छ। उसले सोमबार भारतसँग १–१ को बराबरी खेलेसँगै ४ अंक बटुलेको छ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो।

साफमा नेपालको खेल

नेपाल भर्सेस माल्दिभ्स -असोज १५ गते - राति ९:४५ बजे -नेपाल १.० ले विजयी)
नेपाल भर्सेस श्रीलंका -असोज १८ गते - राति ९:४५ बजे -नेपाल ३.२ ले विजयी)
नेपाल भर्सेस भारत -असोज २४ गते - राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश -असोज २७ गते - अपरान्ह ४:४५ बजे

नेपालले अब २४ गते भारतको सामना गर्नेछ भने २७ गते बंगलादेशसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की