कात्तिक ४ गतेबाट इटहरीका नीजि बिद्यालय सञ्चालनमा आउने

  • प्रकाशित मिति: आश्विन २०, २०७८ / sancharlaya
alt

इटहरी । इटहरीका नीजि बिद्यालयहरु आगामी कात्तिक ४ गतेबाट सञ्चालनमा आउने भएका छन् ।

कोरोना महामारीका कारण बिगत ६ महिनादेखी बन्द रहेका विद्यालयहरु कार्तिक ४ गतेदेखि सञ्चालन गर्नेबारे इटहरी उपमहानगरपालिका र नगर प्याब्सनबीच सहमति भएको हो ।

इटहरी उपमहानगरप्रमुख द्धवारिकलाल चौधरी उपचारको लागि बाहिर रहेको कारण तत्काल बिद्यालय खुलाउने निर्णय हुन नसकेको र मेयर चौधरी फर्किए लगत्तै दशैपछि बिद्यालय खुलाउने सहमति भएको हो ।

उपमहानगरपालिकाबाट बिद्यालय सञ्चालन गर्न दिइने भएपछी नगर प्याब्सनले कात्तिक ४ गतेबाट बिद्यालय सञ्चालनमा ल्याउने ब्यवस्था मिलाउन नगर क्षेत्रका सम्पूर्ण नीजि बिद्यालयहरुलाई जानकारी गराएको सचिव श्रेष्ठले जानकारी दिए ।

सुनसरीका कतिपय स्थानीय तहमा एक महिना अघिबाटै बिद्यालय सञ्चालनमा आएपनि इटहरीमा कोरोना माहामारी कायमै रहेको जनाउदै बिद्यालय सञ्चालनमा आएका छैन्न ।

माहामारीका कारण भौतिक रुपमा बिद्यालय सञ्चालनमा नआएपछी कतिपय बिद्यालयले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की