सुनसरीमा ४९,मोरङमा ६८,झापामा २७,सहित प्रदेश १ मा १६१ जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: आश्विन २२, २०७८ / बिनिता कटुवाल
alt

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ८२७ जनाको पीसीआर परीक्षण गर्दा १४७ जनामा र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा मोरङमा ६८, सुनसरीमा ४९, झापामा २७, इलाममा २ र उदयपुरमा १ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा ३६, पथरीशनिश्चरेमा १०, सुन्दरहरैचामा ७, बुढीगंगामा ६, बेलबारीमा ४, लेटाङ, कानेपोखरी, कटहरी, उर्लाबारी र केराबारीमा १, सुनसरीको इटहरीमा ३१, धरानमा ५, इनरुवामा ४, दुहबीमा ३, वराहक्षेत्र र रामधुनीमा २-२, गढी र देवानगञ्जमा १-१, झापाको बिर्तामोडमा ७, दमकमा ५,मेचीनगरमा ४, शिवसताक्षी, कनकाई र अर्जुनधारामा ३-३, हाल्दिबारी र गौरादहमा १-१, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १-१ र उदयपुरको त्रियुगामा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १७० जना कोरोना संक्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ८३ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ३ पुरुषको रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की