भोली ओली इटहरी आउदैँ

  • प्रकाशित मिति: आश्विन २२, २०७८ / बिनिता कटुवाल
alt

सुनसरी । नेकपा एमालेका अध्यक्ष पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दुईवटा कार्यक्रमलाई सम्वोधन गर्न भोली इटहरी आउने भएका छन् ।

नेकपा एमाले इटहरीले आज पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा एमाले इटहरी उपमहानगरसमिति अध्यक्ष याम सुब्बाले नेकपा एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि संभवत अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले यि दुवै कार्यक्रम महत्वपूर्ण रहेको वताए ।

अध्यक्ष ओली भोली विहान साढे ११ वजे इटहरी २ मा एमालेका पूराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागि हुने सुब्बाले जानकारी दिए ।

ओम कोइराला नागरिक अभिनन्दन समितिद्धारा अग्रज मजदुर नेता,निष्ठावान,निस्वार्थ ब्यक्तित्व ओम कोइरालाको भब्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । त्यहाँ नेकपा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले बताए ।

कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोर्कापण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिको अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए । सो कार्यक्रम पछि दिउसो १ वजे ठूलो जनता स्कुलको खेल मैदानमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वृहत कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

इटहरी लगायत सुनसरी जिल्लाभरका हजारौ अगुवा कार्यकर्ता कार्यक्रममा सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की