पेटका लागि वरदान हो मेवा, जान्नुहोस् मेवाका ५ फाइदा

  • प्रकाशित मिति: आश्विन २४, २०७८ / sancharlaya
alt

एजेन्सी । मेवा र कागती दुवै स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छन् । पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन ।

यसका अतिरिक्त यसमा फस्फोरस, पोटेसियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटीन र सोडियम जस्ता खनिज पदार्थ छन् । यी सबै स्वास्थ्यका लागि राम्रो हुन्छन् ।

आँखा: मेवामा भरपूर मात्रामा क्याल्सियम, केरोटाइन र भिटामिन हुन्छन् र यी आँखाका लागि लाभदायक हुन्छन् । यिनीहरूको सेवनले रतन्धो हुनबाट रोक्छ । बच्चाहरूलाई मेवा खुवाउनुभयो भने सानैमा चश्मा लगाउनुपर्ने स्थिति आउँदैन ।

तौल घटाउन: बिहान खाली पेट मेवा र कागती पिउँदा घरीघरी भोक लाग्दैन । यसमा टन्न पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।

कब्जियत : मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हाल्नुभयो भने खानेकुरा सजिलै पच्छ । अनि यसले कब्जियत पनि हटाउँछ । छेर लाग्ने र मूत्रसमस्या पनि यसले निको पार्छ ।

क्यान्सर: मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर पनि यसले रोक्छ ।

मुटु र रक्तचाप : मेवा र कागतीमा प्रचूर फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्ट पाइन्छन् । यिनले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छन् र मुटुसम्बन्धी समस्या हटाउँछन् । रक्तचाप पनि नियन्त्रणमा राख्छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की