सुनसरीमा १५,मोरङमा ३२,झापामा ४७ सहित प्रदेश १ मा ११० जनामा संक्रमण पुष्टि

  • प्रकाशित मिति: आश्विन २४, २०७८ / बिनिता कटुवाल
alt

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ५८८ जनाको पीसीआर परीक्षण गर्दा १०३ जनामा र ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा झापामा ४७, मोरङमा ३२, सुनसरीमा १५, धनकुटा र तेहृथुममा २–२, इलाममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण भएको हो ।

झापाको विर्तामोडमा १२, कनकाईमा १०, दमकमा ७, बुद्धशान्ति र मेचीनगरमा ६–६, शिवसताक्षीमा ३, कमल गाउँपालिकामा २, भद्रपुरमा १ जनामा संक्रमण पुष्टि भएको छ भने मोरङको विराटनगरमा २४, सुन्दरहरैचामा ३, रंगेली, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी र ग्रामथानमा १–१ जनामा सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको इटहरीमा १३, इनरुवा र गढीमा १–१, धनकुटाको छथरजोरपोटी र महालक्ष्मीमा १–१, तेहृथुमको आठराईमा २, इलामको मांसेबुङमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको जनाएको छ ।

प्रदेश १ मा आज २११ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२४ महिला र ८७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की