नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

  • प्रकाशित मिति: आश्विन २५, २०७८ / sancharlaya
alt

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको आज पाँचौँ दिन हिन्दूधर्मालम्बीहरूले स्कन्दमाताको पूजा आराधना गरी मनाइन्छ । स्कन्दमाता कमल ओछ्याएर बस्ने भएकाले यी देवीलाई पद्मासना देवी पनि भन्ने गरिन्छ ।

सूर्यमण्डलकी आधिष्ठात्री देवी भएका कारण स्कन्दमाताको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सु-सम्पन्न हुने धार्मिक विश्वास छ।

स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौँ दिन यीनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ।

चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गरिएको शास्त्रहरुमा उल्लेख गरिएको छ।

आजको दिन राजधानीका गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकालीलगायतका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गरिन्छ।

दसैंको पहिलो दिन घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धार्मिक परम्परा रहि आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

दिल्लीलाई हराउँदै चे ...

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । दुबईम ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की