दिल्लीलाई हराउँदै चेन्नई आईपीएलको फाइनलमा

  • प्रकाशित मिति: आश्विन २५, २०७८ / sancharlaya
alt

काठमाडौं । चेन्नई सुपर किङ्ग्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबईमा गएराति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै चेन्नई फाइनलमा पुगेको हो । दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो । चेन्नईको जितमा रुतुराज गायकवाड र रोबिन उथप्पाले अर्धशतकीय पारी खेले ।

रुतुराजले सर्वाधिक ७० रन बनाए भने रोबिनले ६३ रन जोडे । यस्तै, कप्तान महेन्द्र सिंह धोनीले अविजित १८ रन जोड्दा मोइन अलीले १६ रन बनाए । अरुले दोहोरो अंक जोड्न सकेनन् । दिल्लीका लागि टम करणले ३ विकेट लिए भने एन्रिच नोर्टज र अभेस खानले एकरएक विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । दिल्लीका लागि पृथ्वी शले ६० रनको अर्धशतकीय इनिङ्ग्स पारी खेले पनि टिमलाई जिताउन सकेनन् । यस्तै कप्तान ऋषभ पन्तले ५१, शिम्रन हिटमायरले ३७, अक्षर पटेलले १० रन जोडे ।

चेन्नईका जोस हाजलउडले २ विकेट लिए भने रविन्द्र जडेजा, मोइन अलि र ड्वाने ब्राभोले १र१ विकेट लिए । दिल्लीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटरमा आज बेलुका पौने ८ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दै छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

हास्य कलाकार मनोज गज ...

काठमाडौ ।वरिष्ठ हास्य व्यंग्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।उनले डिभोर्स भएको चार वर् ...

झापामा मासु व्यवसायी ...

झापा । झापाको बिर्तामोडमा मासु व्यवसायीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । बिर्तामोड ५ स्थ ...

पाइला–पाइलामा लुटिन् ...

काठमाडौं । बेरोजगारीको भुंग्रोमा परेका नेपाली दुई–चार पैसा कमाउन भारत पस्छन्। वर्षदिन रगत&ndas ...

खोप लक्ष्य पूरा नहुन ...

काठमाडौं । सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप ...

बढ्दै मानसिक समस्या ...

काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य ...

नवरात्रको आज पाँचौँ ...

काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादशैं अन्तर्गत नवरात्रिको आज पाँचौँ दिन हिन्दूधर्मालम्बीहरूले स् ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की