आज धनतेरस पर्व मनाइँदै, यस्ता सामाग्री किन्दा हुन्छ धनलाभ

  • प्रकाशित मिति: कार्तिक १६, २०७८ / sancharlaya
alt

काठमाडौं । दीपावली (तिहार) पर्व आजदेखि सुरु हुँदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने दीपावलीको पहिलो दिन आज मिथिलामा ‘धनतेरस’ मनाइँदै छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ ।

पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई मिथिलामा ‘धनतेरस’ भनिन्छ ।

धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर दे।वताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँछन् ।धनतेरसमा के किन्ने ?

धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो

गणेश लक्ष्मीको मूर्ति

माटो वा फलामको दीयो ।

धन यन्त्र

आर्थिक लाभका लागि पानीका भाडा

कारोबारमा विस्तारका लागि धातुको दियो

सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली

स्वास्थ्य तथा आयुका लागि घन्ट

घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा

पूजा र सामान खरिदका लागि शुभ साइत: 

सामान किन्नका लागि सवा १२ बजेदेखि पौने दुई बजेको समय उपयुक्त छ ।
यस्तै सवा नौ बजेदेखि पौने ११ बजेको समय सामान किन्नका लागि राम्रो रहेको छ ।

यो समयमा पूजा अर्चाना गर्ने शुभ साइत पनि हो ।

विहान पौने ११ देखि सवा १२ का बीचमा सामान नकिन्नु उपयुक्त हुनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की