व्यवसायीहरूको लगानीको सुरक्षा सरकारले दिनसकेको छैन - अध्यक्ष मनिष कुमार मारु

  • प्रकाशित मिति: माघ १७, २०७६ / सञ्चारलय
alt

इटहरी । सहिदहरूको स्मृतिमा नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिले बिहीबार दुहबीमा मैनबत्ती बाली सहिदहरूको सम्झनामा मौन धारण गर्दै सहिद दिवस मनाएको छ । सहिदहरूले दिएको योगदानलाई सम्मान गर्दै मैनबत्ती बाली दुहबी चौकमा मौन धारणको कार्यक्रम गरेको हो ।


कार्यक्रममा बोल्दै नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका अध्यक्ष मनिष कुमार मारुले सहिदहरूको त्याग तपस्याका कारण नेपालीहरूले स्वतन्त्रता प्राप्त गरेको स्मरण गर्दै सहिदहरूले देखाएको बाटोमा सबै नेपालीहरू एकजुट भएर हिँड्न सके मात्र सहिदहरुको सम्मान हुने बताएका छन । राष्ट्र निर्माताहरुले भाषणमा भन्दा व्यवहारमा एकरूपता ल्याउन सके सबै समस्याको समाधान हुने बताए 

व्यवसायीहरूले निर्धक्क भएर लगानी तथा काम गर्ने वातावरण नभएको र राज्यले पूर्ण सुरक्षा दिन नसकेको बताउँदै उनले व्यवसाय तथा उद्योगलाई प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउन समेत सरकार समक्ष माग गरेका छन ।


कार्यक्रममा दुहबी नगरपालिकाकी उप मेयर सुनिता शाह, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी कम्पनीका कार्यकारी निर्देशक हरि वंश राठी, कम्पनीका सञ्चालकहरू , कर्मचारीहरू, र पत्रकारहरू लगायतको उपस्थिति रहको थियो ।

नेपाल अल्ट्राटेक सिमेन्ट प्रा लिले बन्धन सिमेन्ट नामक ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

d645d760-24c6-41ea-bc64-cb1824e1d98d 18f4e9d8-d5e2-4d56-8d24-17888c6bec1e 01edf9c1-56b2-4e8e-9694-fb559f6652b6 2aa2a1f1-122d-4f3d-82ce-9fead28fad11

तपाईको प्रतिक्रिया दिनुहोस्

सडक खन्ने क्रममा डोज ...

काठमाण्डौ / सडक खन्ने क्रममा डोजर पहिरोले पुर्दा दुई जना बेपत्ता भएका छन् । धादिङ जिल्लाको उत्तरी क् ...

बागलुङ बजारमा खानेपा ...

बाग्लुङ / सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन ...

सेती नदीमा पानीको बह ...

बझाङ / सेती नदीले यहाँ खतराको सतह पार गरेको छ । सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानी ...

भारतमा कोरोनाको तेस् ...

काठमाडौं / ।भारतमा कोरोनाको तेस्रो लहर आउन सक्ने खतरा बढेको छ । दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रण ...

विदेश भ्रमणका लागि २ ...

काठमाडौं / सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ् ...

एमाले विवाद सहमति नज ...

काठमाडौं / एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वा ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की