भारतमा अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु

  • प्रकाशित मिति: कार्तिक २३, २०७८ / sancharlaya
alt

काठमाडौं । भारतस्थित भोपालको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुहरुको मृत्यु भएको छ । कमला नेहरु भवनको तेस्रो तल्लास्थित बाल विभागमा लागेको आगलागीमा परी नवजात शिशुहरुको मृत्यु भएको हो ।

स्थानीय समयअनुसार राति ९ बजेदेखि लागेको आगो तीन घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । उक्त वार्डमा ४० बच्चा राखिएको थियो । जसमा ३६ जनालाई सुरक्षित निकालिएको छ ।

मन्त्री विश्वास सारंगका अनुसार मृतक शिशुका परिवारलाई सरकारले ४–४ लाख रुपैयाँको आर्थिक सहायता दिने घोषणा गरेका छन् ।यसअघि मुख्यमन्त्री शिवराज सिंह चौहानले ३ बच्चाको ज्यान गएको बताएका थिए । उनले घटनाबारे छानबिन गर्न आदेश दिएका छन् ।

ती शिशुहरुलाई नयाँ भवनमा स्थानान्तरण गर्नुअगाडि नै उक्त घटना भएको बताइएको छ । उक्त घटनापछि कयौं बिरामीलाई स्ट्रेचरबाट बाहिर निकाली अन्य अस्पतालमा सारिएको छ ।

आगलागीको कारण खुलेको छैन । अस्पतालभित्र मृतकका अभिभावकलाई जान दिइएको छैन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की