टि–२० विश्वकप : फाइनलमा पुग्ने लक्ष्यमा इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड

  • प्रकाशित मिति: कार्तिक २४, २०७८ / sancharlaya
alt

काठमाडौं । आइसिसी टि–२० विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा बुधबार इङ्ग्ल्यान्डले न्युजिल्यान्डको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने ८ बजे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा हुनेछ ।

इङ्ल्यान्डले सुपर १२ बाट समूह ‘१’ को विजेता तथा न्युजिल्यान्डले समूह ‘२’को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।

दोस्रो टि–२० विश्वकप उपाधि उचाल्ने लक्ष्यमा रहेको इङ्ल्यान्ड आज जित हात पार्दै तेस्रोपटक फाइनल पुग्ने सोचमा छ ।

सन् २०१० मा अस्ट्रेलियालाई हराउँदै उपाधि उचालेको इङ्ग्ल्यान्ड सन् २०१६ मा वेस्ट इन्डिजसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

पहिलो टि–२० विश्वकप उपाधिको खोजिमा रहेको न्युजिल्यान्ड पनि जित हात पार्दै पहिलोटक फाइनल पुग्न चाहन्छ ।यी दुईले टि–२० विश्वकपका ५ खेलमा एक अर्काको सामना गर्दा इङ्ग्ल्यान्ड ३ र न्युजिल्यान्ड २ खेलमा विजयी भएका छन् ।

सन् २००७ को पहिलो भेटमा न्युजिल्यान्ड ५ रनले विजयी हुँदा सन् २०१६ को पछिल्लो भोटमा इङ्ग्ल्यान्डले ७ विकेटको जित हात पारेको थियो ।त्यस्तै सन् २०१० र २०१२ मा इङ्ग्ल्यान्ड तथा सन् २०१४ मा न्युजिल्यान्ड विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की