टी२० विश्वकप : न्युजिल्यान्ड पहिलो पटक फाइनलमा

  • प्रकाशित मिति: कार्तिक २५, २०७८ / sancharlaya
alt

काठमाडौं । इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी२० विश्वकपको फाइनलमा पुगेको छ। बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक टी २० विश्वकपको फाइनलमा पुगेको हो।

जितका लागि पाएको १ सय ६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। न्युजिल्यान्डका ओपनर डर्याल मिचेलले ४७ बलमा अविजित ७२ रन बनाए। डेभोन कानवेले ४६ तथा जेम्स निसामले २७ रन बनाउँदा अन्यको प्रर्दशन उल्लेख्य रहेन।

इंग्ल्याण्डका क्रिस वाक्स र लाम लिभिङस्टोनले समान २र२ तथा आदिल रासिदले १ विकेट हात पारे।त्यसअघि शेख जायद स्टेडियम आबुधाबीमा टस हारेर ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो।

इंग्ल्यान्डका लागि मोइन अलीले सर्वाधिक ५१ रन जोडे. ३७ बलको सामाना गरेका उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए।

यस्तै, डेविड मलानाले ४१, जोनी बेयरस्टो १३ र जोस बटलरले २९ र लियाम लिभिङस्टोन १७ रन बनाएका थिए।
न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १/१ विकेट लिए।

यसअघि न्युजिल्यान्ड २००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको थियो। २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो।

समूह चरणमा न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो। पाकिस्तानसँग भने ५ विकेटले पराजित भएको थियो।

बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग न्युजिल्यान्डले फाइनल खेल्नेछ। प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की