दुई वर्षभित्र सबै कक्षामा नयाँ पाठ्यक्रम लागू हुने

  • प्रकाशित मिति: कार्तिक २९, २०७८ / sancharlaya
alt

काठमाडौं । आगामी दुई वर्षभित्र सबै विद्यार्थीले नयाँ पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्न पाउने भएका छन् । मुलुक संघीयतामा गइससकेको अवस्थामा ५ वर्षभित्र सबै कक्षाको पाठ्यक्रम नयाँ हुनुपर्ने कार्ययोजनाअनुसार २०८० सालसम्म १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको हो ।

पाठ्यक्रम विकास केन्द्रले गत शैक्षिक सत्रमा कक्षा १ र ११ को नयाँ पाठ्यपुस्तक लागू गरेको थियो । त्यस्तै, चालू शैक्षिक सत्रमा कक्षा २, ३ र ६ को नयाँ पाठ्यक्रम लागू भइरहेको छ । केन्द्रले आगामी शैक्षिक शत्र अर्थात् २०७९ मा ४, ७ र ९ को नयाँ पाठ्यपुस्तक लागू गर्ने तयारी गरेको छ । त्यसका लागि पुस्तक लेखन कार्य अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ ।

न्द्रका निर्देशक एवं प्रवक्ता गणेश भट्टराईले आगामी शैक्षिक सत्रबाट कार्यान्वयनमा ल्याउन लागेको ४, ७ र ९ कक्षाको पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक नमुनाका रूपमा देशभरका ७६ विद्यालयमा लागू भएको जानकारी दिए ।

उनले ती विद्यालयमा शिक्षक, विद्यार्थी र सरोकारवालासँग सुझाव संकलन गरी सोही आधारमा संसोधनसहित पुस्तक लेखन शुरु गरिएको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की