आइसीसी महिला टी-२० विश्वकप सिरिजमा आज कतारसँग दोस्रो खेल खेल्दै नेपाल

  • प्रकाशित मिति: मंसिर १, २०७८ / sancharlaya
alt

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले कतारसँग जारी टी–२० अन्तर्राष्ट्रिय सिरिजमा आज दोस्रो खेल खेल्दैछ । दोहाको वेस्टइन्ड पार्क अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

आइसीसी महिला टी-२० विश्वकप छनेट खेलको तयारी स्वरुप भइरहेको ३ खेलको सिरिजमा नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

पहिलो खेलमा नेपालले कतारमाथि फराकिलो जित निकालेको थियो । कतारलाई १ सय १९ रनले पराजित गरेको नेपालका लागि ब्याटिङ्तर्फ इन्दु बर्माले ४७ बलमा ५ चौकासहित सर्वाधिक ५५ रन बनाउँदै उत्कृष्ट इनिङ खेलेकि थिइन् । त्यस्तै बलिङतर्फ कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिएकी थिइन ।

नोभेम्बर २२ देखि २८ सम्म दुबईमा हुने विश्वकप छनोटका लागि नेपाली टोली नोभेम्बर १९ उतैबाट प्रस्थान गर्नेछ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की