सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, ७ घाइते

  • प्रकाशित मिति: मंसिर ३, २०७८ / बिनिता कटुवाल
alt

सप्तरी । सप्तरीमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्।

खडक नगरपालिका– ६ वीरपुरस्थित पूर्व–पश्चिम राजमार्गमा स १ त ६२५६ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आइरहेको बा ९३ प ३५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार मोटरसाइकललाई ठक्कर दिएको ट्याक्टर सडकबाट ५ मिटर तल खसेर पल्टिएको थियो। उक्त दुर्घटनामा परी ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका ३ पांडाकी ६५ वर्षीया काखी यादवको उपचारको क्रममा आज (शुक्रबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी सात जना घाइते भएका छन् । घाइते हुनेमा सिरहाको नरहा गाउँपालिकाकी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीय श्याम यादव, गोलबजार नगरपालिका– ३ चोहर्वाका १० वर्षीय पप्पु यादव, ३२ वर्षीया संगिया यादव, ४३ वर्षीया सुशीला यादव, ४ वर्षीय सिद्धान्त यादव रहेका छन् ।

त्यस्तै मोटरसाइकल चालक झापाको हल्दिबारी गाउँपालिका– ५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएको जनाइएको छ ।

घाइतेहरुको उपचार सप्तरीका विभिन्न अस्पतालमा भइरहेको छ। ट्याक्टर चालक भने फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की