काँग्रेसमा २१ दिनपछि नयाँ नेतृत्व

  • प्रकाशित मिति: मंसिर ६, २०७८ / sancharlaya
alt

काठमाडौं । नेपाली काँग्रेसले अबको २१ दिन पछि नयाँ नेतृत्व पाउँदै छ । काँग्रेसको केन्द्रीय नेतृत्व छान्न १४ औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंमा हुँदै छ । काँग्रेस नेतृत्व हात पार्न हालका सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह तथा नेता गोपालमान श्रेष्ठ र नेत्री सुजाता कोइराला अघि बढेका छन् ।

कतिपय नेताहरूले त सम्पर्क कार्यालय नै खोलेर चुनावी अभियान सुरु गर्दै आइसकेका छन् । कतिपय आन्तरिक रूपमा भेटघाटका लागि दौडाहामा छन् । कांग्रेस विधानमा सभापतिमा जति जना मैदानमा उत्रिए पनि निर्वाचित सभापतिपछि हार्नेमध्ये दोस्रो बढी मत ल्याउने व्यक्ति मात्रै सम्बन्धित कार्यसमितिको सदस्य हुन्छन् । दोस्रो मत नपाए अन्य उम्मेदवारहरू त्यो कार्यसमितिको कार्यकालभर कार्यसमिति बाहिरै बस्नुपर्छ ।

‘पार्टीका सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मत प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुनेछ,’ कांग्रेस विधानमा उल्लेख छ ।

काँग्रेस विधानको परिच्छेद १० अन्तर्गत केन्द्रीय विभागसम्बन्धी व्यवस्थाको विभागहरूको काम, कर्तव्य र अधिकारअन्तर्गत ६५ नम्बर बुँदामा सोसम्बन्धी स्पष्ट व्यवस्था उल्लेख छ । कांग्रेस नेता मीन विश्वकर्माले विधानमा उल्लेख भएअनुसार सभापतिपछि दोस्रो मत ल्याउने नेता मात्रै केन्द्रीय समितिमा सदस्यका रूपमा रहने प्रस्ट व्यवस्था रहेको बताए । यो समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की