आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोटमा आज नेपाल हङकङसँग भिड्दै

  • प्रकाशित मिति: मंसिर ६, २०७८ / sancharlaya
alt

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज (सोमबार)देखि आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट खेल्दैछ । प्रतियोगिताको पहिलो खेलमा आज टोलीले हङकङको सामना गर्दै छ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

पछिल्लो पटक नेपालले २०१९ मा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। विश्वकप छनोट अन्तर्गत नै बैककमा भएको खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो।

छनोट अन्तर्गत नेपालले मंगलबार भुटानविरुद्ध खेल्ने तालिका रहेको छ भने तेस्रो खेल बिहीबार कुवेतविरुद्ध रहेको छ।

नेपालले छनोटको चौथो खेल आगामी शुक्रबार मलेसियासँग खेल्नेछ भने अन्तिम खेलमा आगामी आइतबार युएईको सामना गर्नेछ। ६ टिम सहभागी छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की