जाडो मौसममा अदुवा खानुका यस्ता छन् फाइदै फाइदा

  • प्रकाशित मिति: मंसिर ८, २०७८ / sancharlaya
alt

एजेन्सी । हरेक नेपालीको भान्छामा दिनहु अदुवाको प्रयोग गरिन्छ । अदुवा खानालाई स्वादिस्ट बनाउनको लागि मात्र नभई औषधिको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । अदुवामा पाइने विभिन्न पोषण तत्वका कारण अहिले मानिसहरुले विभिन्न समस्या समाधानको लागि पनि प्रयोग गर्छन् ।

अदुवामा एन्टिफंगल, एन्टिब्याक्टेरियल तत्व पाइन्छ जसले शरीरमा विभिन्न संक्रमण हुनबाट जोगाउँदछ। अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ ।

अदुवाका यी केहि फाइदा बारे जान्नुहोस्:

दम खोकीमा : एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहानरवेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ ।

उल्टी : अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ ।

हृदयरोग : अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।

भोक नलाग्ने समस्या : अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ र त्यसले भोक जाग्दछ।

पेट को ग्यास : आधा चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।

रुघा-खोकी : २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात(कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ ।

खोकी र सासको रोग: अदुवा र तुलसीको रसमा मह मिलाएर पिउँदा खोकी र सासको रोग निको हुने विश्वास गरिन्छ।

भोक नलागेमा वा पेट सफा नभएमा : भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ

तपाईको प्रतिक्रिया दिनुहोस्

आजको राशिफल ...

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास् ...

घर बनाउँदै हुनुहुन्छ ...

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष ब ...

फलफूल–सब्जी कति खाने ...

एजेन्सी । यदि तपाईं फलफूल–सब्जी कम सेवन गर्नुहुन्छ भने सावधान ? किनकि यसो गर्नाले तपाई कुपोषणक ...

आईसीसी महिला टी-२०: ...

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा अहिले नेपाल र मलेसियाबीचको खेल जारी छ । दुब ...

धनुषामा ट्याक्टर दुर ...

धनुषा । धनुषाको मिथिला नगरपालिका–२ नक्टाझिजमा आज (शुक्रबार) बिहान ट्याक्टर दुर्घटनामा परी एक य ...

झापामा चिया टिप्दै ग ...

झापा । झापामा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भद्रपुर नगरपालिका&nd ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की