घर बनाउँदै हुनुहुन्छ ? सिमेन्ट गुणस्तरीय छान्नुहोस्

  • प्रकाशित मिति: मंसिर १०, २०७८ / सञ्चारलय
alt

विराटनगर । दसैँ तिहार सकिए लगत्तै इटहरीका सरोज कार्कीले आफ्नो घर बनाउन लागेका छन् । विदेशमा ६ वर्ष बसेर कमाएको पैसाले उनले चार जनाको परिवारको लागि घर बनाउने तयारी थालेका हुन् । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने उनको चासो र चिन्ताको विषय हो । 
‘विदेशमा मेहनत गरेर कमाएको पैसाले घर बनाउन लागेको छु,’ उनले भने, ‘घर राम्रो, बलियो होस् भन्ने चाहना छ, तर के गर्ने आइडिया छैन ।’
 
विराटनगरकी मिना गुरुङले पनि यो वर्ष घरको तला थप्दै छिन् । तल्लो तला बनाएको १० वर्षपछि उनले तला थप्न लागेकी हुन् । तल्लो तलाको सिमेन्ट प्लास्टर उप्किएर भत्किन थालेपछि उनी यो पटक भने निर्माण सामाग्रीको स्तरीयतामा विशेष ध्यान दिने पक्षमा छिन् । ‘घर बनाइसकेपछि पटक पटक मर्मत गर्नुपर्‍यो  भने निकै समस्या हुने रहेछ,’ उनले भनिन् ‘भनेको बेलामा पैसा पनि नहुने अनि समय पनि नहुने हुँदा बनाउँदै दह्रो घर बनाउनुपर्ने रहेछ ।’
 
नेपालमा घर निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, रङ, काठहरूको गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पनि इँटा, ढुङ्गा, बालुवा तथा रडलगायत सबै निर्माण सामाग्रीलाई जोड्ने सिमेन्ट अझ गुणस्तरीय हुनुपर्छ । 
 
‘घर बनाउँदा सिमेन्टको गुणस्तरमा सम्झौता गर्नु भनेको दीर्घकालीन समस्या व्यहोर्नु हो,’ बन्धन सिमेन्ट उत्पादन गरिरहेको नेपाल अल्ट्राटेक सिमेन्ट प्रा।लिका अध्यक्ष मनिष कुमार मारु भन्छन्, ‘सिमेन्ट छनोट गर्दा लापरबाही गर्नु हुँदैन ।’
 
गुणस्तरीयताकै लागि बन्धन सिमेन्टको उत्पादनमा विशेष जर्मन प्रविधि र विशेष ल्याब स्थापना गरेको उनले जानकारी दिए । यस्तो प्रविधि र ल्याबका लागि करोडौँ खर्च गरिएको छ भने ल्याब सञ्चालनको लागि दक्ष प्राविधिकहरूलाई राखिएको छ । उनीहरूले सिमेन्टको गुणस्तरलाई बारम्बार जाँच गरिरहन्छन् । 
vlcsnap-2021-11-25-15h27m10s144
 
‘हरेक पटक सिमेन्ट उत्पादन गर्दा प्रत्येक लटमा ल्याब परीक्षण हुन्छ,’ कम्पनीका प्लान्ट म्यानेजर इन्जिनियर अखिलेश कुमार सिंह भन्छन्, ‘कमजोरी देखिए तत्काल सच्याउँछौँ ।’ उनी थप्छन् ‘गुणस्तरलाई वास्ता नगर्ने भएको भए हामी ल्याब सेटअप नै गर्दैनथ्यौ ।’
bandhan copy
 
गुणस्तर सुनिश्चितता गरेकै कारण बन्धन सिमेन्टको माग बढ्दो छ । विराटनगरमा मुख्य कार्यालय रहेको कम्पनीले हात्तीमुढामा पूर्वकै ठुलो फ्याक्ट्री सञ्चालन गरेको छ । लकडाउनको अवधिमा पनि कम्पनीले उत्पादनलाई निरन्तरता दिएको थियो । 
 
अत्याधुनिक जर्मन टेक्नोलोजीको प्रयोग गरेर उच्चस्तरीय ओपीसी, पीएससी र पीपीसी गरी तीन किसिमको सिमेन्ट उत्पादन गर्दै आएको बताउँदै मारुले आफूहरू ग्राहकको सन्तुष्टि र सुरक्षामा सजग रहेको बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की