क्लासिकटेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की

  • प्रकाशित मिति: मंसिर २८, २०७८ / sancharlaya
alt

इटहरी । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्की नियुक्त गरेको छ । ब्राण्ड एम्बेस्डर नियुक्त सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गरेका हुन् ।

लोकप्रिय अभिनेता बिपिन कार्कीका छाड्के, पशुपति प्रसाद, जात्रौ जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त गरेका थियो । बहुमुखी प्रतिभाका धनी उहाँको फिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो । निजको यहि सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायिल अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको हो ।

करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता कार्की सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्तगर्ने विश्वास गरेको छ ।राम्रो कलाकारीताका साथै राम्रो दर्शकमा रूचाएका कलाकार सँगै काम गर्दा कम्पनीका अफर र सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रचार हुने अपेक्षा रहेको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीले बताए ।

उनले भने 'सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ बर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा यगतभित सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको क्लासिक टेक दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको महत्व बढे सँगै धमाधम आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइ रहेको छ ।कम्पनीले निकट भविश्यमै  500 Mbps  सम्मको हाइ स्पिट इन्टरनेट सेवा रहेका गाँउघरमा पुर्याउने हिसाबले सुलभ मुल्यमा नेपालीको पहुँच पुग्नेगरि छिट्टै नै नयाँ सेवा ल्याउने तयारी गरीरहेको छ । क्लासिक टेकले सधैं ग्राहकलाई अझ सस्तो मूल्यमा स्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको छ र यस सहकार्य ग्राहकहरूसम्म पुग्न तत्पर रहेको छ, यस सहकार्यमा क्लासिक टेकले ग्राहकबाट राम्रो प्रतिक्रियाको आशा राखेको छ र थप मानिसहरूसँग जोडिने आशा पनि गरिरहेको छ । यसबाट इन्टरनेट सेवा प्रदायक कम्पनी र कलकारीता क्षेत्रबिचको सम्बन्ध थप मजबुद हुदै जाने कम्पनीले बिश्वास व्यक्त गरेको छ ।"

 

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की