क्लासिक टेकको नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा TACHYON 1 Gbps इन्टरनेट सेवा शुभारम्म

  • प्रकाशित मिति: पुस २, २०७८ / sancharlaya
alt

इटहरी । नेपालमा सन् २००९ देखी शुभारम्भ भएको देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधी वाइफाइ ६ को साथमा TACHYON 1 Gbps इन्टरनेट सेवा शुभारम्म गर्ने तयारी गरिरहेको छ ।

नेपालमै पहिलो पटक वाइफाइ ६ का साथमा TACHYON 1 Gbps इन्टरनेट प्रविधी भित्राउन अन्तिम परीक्षण भइरहेको र वाइफाइ ६ अन्तर्गत अन्तर्गत Smart Connectivity, Beamforming, MU-MIMO लगायतका सुविधाहरू रहने कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ म्यानेजर बिनय कुमार अधिकारीले जानकारी दिए ।

सो प्रविधी अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड 3Gbps इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन् । वाइफाइ ६ प्रविधी अन्तर्गत इन्टरनेटको स्पिड 3Gbps सम्म रहनेछ । पहिलो चरणमा क्लासिकटेकले 1Gbps सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको जानकारी गराए ।

यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछन् । वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भब हुने र यसले धेरै-प्रयोगकर्ता, धेर-इनपुट, धेरै-आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ जसका कारण कुने signal लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका Dual Band का राउटरहरू विश्चापित गराइ नेपालभर Tri-Band राउटरहरू प्रयोगमा ल्याउने जानकारी गराउदछौं । ट्राइ-ब्यान्डमा एउटा 2.4 GHz ब्यान्ड र दुई 5 GHz ब्यान्डहरू गरी तिनवटा अलग अलग Signal ब्यान्डहरू को कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगिकनै High Speed इन्टरनेट प्रयोग गर्न सक्षम रहने र यो प्रविधी पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने क्म्पनीले विश्वास लिएको अधिकारीले बताए ।

उनले भने 'क्लासिक टेकले सधैं ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको सबैलाई अगवत नै छ । ग्रहकहरूमाझ नयाँ प्रविधी भित्राएर गुणस्तरिय सेवा प्रदान गर्न हामी सदैव तत्तपर रहेको जानकारी गराउँदछौं । १२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ । दुर्गम क्षेत्र देखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न हामी तत्पर रहेका छौ ।"

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की