साफ यु -१९ महिला च्याम्पियनसिप: भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

  • प्रकाशित मिति: पुस ५, २०७८ / sancharlaya
alt

काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको यु- १९ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले फाइनलमा पुग्न भारतसँग बराबरी खेल्दा पनि हुने भएपनि भारतसँग १-० ले पराजित भएपछि प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो।

ढाकास्थित सहिद सिपाही मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा भारतको जितमा ६७ औं मिनेटमा प्रियंका देवीले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।

५ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा निकाल्दै लिगमा तेस्रो भएको थियो।

भारतले भने ३ जित निकाल्दै फाइनलमा स्थान बनाएको छ। भारतसँग नेपालको हारसँगै घरेलु टोली बंगलादेशले फाइनलमा स्थान पक्का गरेको छ।

अब बंगलादेशले अन्तिम खेलमा श्रीलंकाको सामना गर्ने छ। लिग चरणमा भारत र बंगलादेशले खेल्दा घरेलु टोलीले १-० को जित निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की