सुनसरीको ए डिभिजन लिग फुटबल पुष १५ गतेदेखि

  • प्रकाशित मिति: पुस १२, २०७८ / sancharlaya
alt

इटहरी । सुनसरीमा ए डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिता यही पुष १५ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) सुनसरीले कोरोना भाइरस संक्रमणका कारण दुई बर्ष देखि रोकिएको एु डिभिजन लिग पुष १५ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो।

एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार ए डिभिजन जिल्ला लिगमा सुनसरीका ८ टिमले प्रतिष्पर्धा गर्ने छन् । प्रतियोगिता इटहरी रंगशालामा १० दिनसम्म चल्नेछ । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समुहमा बिभाजित गरिएको छ ।

समुह क मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन । यस्तै समुह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।

कुल १७ लाख रुपैया खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ भने उपबिजेता टिमले ३० हजार रुपैया पुरस्कार पाउने एन्फा सुनसरीले जानकारी दिएको छ । ए डिभिजन लिग सकिए लगत्तै जिल्लास्तरिय बी डिभिजन लिग सुरु गरिनेछ । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की