भारतमा पछिल्लो २४ घन्टामा  ९० हजार बढी कोरोना संक्रमित थपिए, ३२५ को मृत्यु

  • प्रकाशित मिति: पुस २२, २०७८ / sancharlaya
alt

काठमाडौं । भारतमा पछिल्लो २४ घन्टामा थप ९० हजार ९२८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यो संक्रमण दर बुधबारको तुलनामा ५६.५ प्रतिशत बढी हो। भने यही समयमा ३२५ जनाको कोरोनाभाइरसका कारण निधन पनि भएको छ ।मृत्यु हुनेमा सबैभन्दा बढी २५८ जना केरलाका हुन्।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमण सबैभन्दा बढी पाँच राज्यमा देखिएको छ। महाराष्ट्रमा २६ हजार ५३८, पश्चिम बंगालमा १४ हजार २२, दिल्लीमा १० हाजर ६६५,तमिल नाडुमा ४ हजार ८६२ र केरलामा ४ हजार ८०१ नयाँ संक्रमित देखिएका छन्। नयाँ ९० हजार ९२८ केसमध्ये ६६.९७ प्रतिशत यी पाँच राज्यमा देखिएको हो। जसमा २९.१९ प्रतिशत महाराष्ट्रमा संक्रमण देखिएको हो।

यस्तै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको संख्या २६ सय नाघेको छ। बिहीबारसम्म भारतमा २६ सय ३० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ।

महाराष्ट्र र दिल्लीमा सबैभन्दा बढी संक्रमित थपिएका छन्। हालसम्म महाराष्ट्रमा ७९८ र दिल्लीमा ४६५ जना संक्रमित भेटिएका छन्। २६ सय ३० संक्रमितमध्ये ९९५ जना डिस्चार्ज भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की