विद्यालय बन्द गर्ने-नगर्नेबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

  • प्रकाशित मिति: पुस २६, २०७८ / sancharlaya
alt

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने-नगर्नेबारे कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे आज छलफल गर्ने भएको छ ।

पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्न थालेपछि सरकारले माध्यमिक तहसम्मका विद्यालय केही दिनका लागि भौतिक कक्षा सञ्चालनमा रोक लगाउने तयारी गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेपछि शिक्षा मन्त्रालयले त्यसबारे आज निर्णय गर्ने भएको हो ।त्यसका लागि आज (सोमबार) ११ बजे मन्त्रालयमा बैठक बोलाइएको मन्त्रालयले जनाएको छ ।

आइतबार बसेको सीसीएमसी बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेरमात्रै सञ्चालन गर्न र माध्यमिक तहसम्मका विद्यालय माघ १५ सम्म बन्द गर्न सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की