आजको राशिफल

  • प्रकाशित मिति: पुस २८, २०७८ / sancharlaya
alt

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज कष्टकर यात्रा गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मुद्दा मामिला पनि आइलाग्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज बन्धु बान्धवबाट सहयोग मिल्नेछ । मनोरञ्जनमा सहभागी भइएला । पारिवारिक सद्भाव बढेर जानेछ । शेयर बजारमा लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कार्य सम्पादनमा सहजता मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज राज्यबाट मान सम्मान पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज मन खिन्न हुने स्थिति आउनसक्छ । बन्न लागेको काम अन्तिममा बिग्रिने र झमेला आउन सक्छ । खर्चिलो यात्रा पनि रहन सक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज धार्मिक तीर्थस्थलको यात्रा हुनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । अवलोकन र भ्रमणको योग पनि छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आत्मिक सन्तुष्टि मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पनि मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ । धार्मिक यात्राको योग पनि छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज नयाँ कार्यको योजना बन्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सभा समारोहमा सरिक भइनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्न सक्छ । शुभ समाचार पनि सुन्न पाइएला ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की