दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस

  • प्रकाशित मिति: पुस २८, २०७८ / sancharlaya
alt

काठमाडौं । राष्ट्रिय दुग्ध विकास बोर्डले हाल कायम रहेको प्रशोधित दूधको मूल्यमा १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कामय गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ । बोर्डले गठन गरेको दूधको मूल्य निर्धारण सिफारिस समितिले तयार पारेको प्रतिवेदन अनुसार हाल दूधको मूल्य ७६ रुपैयाँ रहेको र त्यसमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी लिटरको ८६ रुपैयाँ बनाएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादवले बार्डले मूल्य सिफारिस गरेको छ, त्यसमा छलफल गरी मूल्य निर्धारण गरिने बताए । बोर्डले सिफारिस गरेको मूल्यमा मन्त्रालयले सरोकारवालाहरूलाई राखेर छलफल गर्छ त्यसपछि मूल्य घोषणा गरिने बताए । कति रुपैयाँ मूल्य निर्धारण गरेको छ, त्यो उनले बताउन चाहेनन् । मन्त्रालय स्रोतका अनुसार हालको उपभोक्ता मूल्य ७६ रुपैयाँ प्रति लिटरममा १० रुपैयाँ बढाई त्यसको ७० प्रतिशतले हुन आउने सात रुपैयाँ प्रति लिटर कृषकलाई र ३० प्रतिशतले हुन आउने तीन रुपैयाँ प्रति लिटर उद्योगीलाई जाने गरी वृद्धि गर्नुपर्ने देखिएको अध्ययन समितिले सिफारिस गरेको कृषि मन्त्रालयले जनाएको छ ।

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७.१४ रुपैयाँ देखाएको छ । त्यसमा २.३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०.५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ८६ रुपैयाँ सिफारिस गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की