एमाले सुनसरीको मतगणना शुरु

  • प्रकाशित मिति: पुस २८, २०७८ / अजमल अन्सारी
alt

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशन अन्तरगत जिल्ला कार्यसमितिको नेतृत्व चयन गर्न मतगणना शुरु भएको छ । नेकपा एमाले सुनसरीको पार्टी कार्यालयमा मतगणना शुरु भएको हो ।

मंगलवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुनसरीको सातौ जिल्ला अधिवेशनको नेतृत्वको लागि कडा प्रतिस्पर्धाकाबीच इनरुवाको जेल फिल्डमा चुनाव सम्पन्न भएको थियो । कार्यतालिका अनुसार मतदान केन्द्रमा चुनाव सम्पन्न भएलगत्तै मतगणना शुरु भएपनि प्राविधिक गडबडीले राती मतगणना स्थगित भएको थियो । मतगणनाको अन्तिम परिणाम आज (बुधबार) सार्वजनिक हुने श्रोतले जनाएको छ ।

एमाले सुनसरीको सातौ जिल्ला अधिवेशन अन्तरगत उम्मेदवारहरुले पुस २५ गते आइतबार उम्मेदवारी मनोनयन दर्ता गराएर मंगलवार चुनावी मैदानमा होमिएका थिए । गत पुस २३ र २४ गते सर्वसम्मत नेतृत्व चयन नभएपछि आइतबार उम्मेदवारी दिएपनि सर्वसहमतिबाट नेतृत्व चयन नभएकोले चुनाव मार्फत जिल्लाको नेतृत्व चयन गर्न मतदान मार्फत जानु परेको नेकपा एमाले सुनसरीले जनाएको छ ।

मतदान निर्धारित समयभित्र १ हजार ८ सय ५ मत खसेको निर्वाचन अधिकृत गोबिन्द मिश्रले जानकारी दिए । नेकपा एमाले सुनसरीमा २ हजार १ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

जिल्ला कार्यसमितिमा १ सय ३५ पदका लागि ३ सय ६० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएकापनि पछि ४० जनाएले उम्मेदवारी फिर्ता लिएको थियो । जिल्ला नेतृत्व गर्न १ सय ३५ पदका लागि ३ सय २० जना उम्मेदवारहरु चुनावी मैदानमा थिए ।

मतदान अधिकृत मिश्रले मतगणना भइरहेको बताए । उनले भने,‘मत गणना शुरु भएको छ । मतदानमा १ हजार ८ सय ५ मत खसेको हाम्रो तथ्यांक छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की