राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने

  • प्रकाशित मिति: पुस २९, २०७८ / sancharlaya
alt

काठमाडौं । निर्वाचन आयोगले कोभिड–१९ ले उत्पन्न परिस्थितिमा राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिकामा फरक नपर्ने प्रस्ट्याएको छ । आयोगले स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्रिय सभा सदस्यको मतदान माघ १२ गते नै गर्ने प्रस्ट्याएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राष्ट्रिय सभाको मतदानका लागि मतदाता सङ्ख्या सीमित रहेकाले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर निर्धारित कार्यक्रमबमोजिम नै मतदान हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरि कोभिड–१९ को प्रकोप बढ्दै गएको छ । प्रवक्ता पौडेलले आवश्यक परे आयोगको प्रदेशस्थित कार्यालय र निर्वाचन अधिकृतले स्वास्थ्य मापदण्डबारे स्थानीयस्तरको कोभिड व्यवस्थापन संयन्त्रसँग सहयोग र सुझाव लिने बताए । “मतदाताको भीड व्यवस्थित बनाउन आयोगले निर्णय गरे मतदान केन्द्र थप्न सकिनेछ”, प्रवक्ता पौडेलले भने ।

आयोगले हाल आठ मतदानस्थलमा १४ वटा मतदान केन्द्र तोकेको छ । प्रत्येक मतदानस्थलमा दुुई–दुुईवटा मतदान केन्द्र रहनेछन् । सातवटै प्रदेशका आठ मतदानस्थलमा १४ मतदान केन्द्र तोकिएका छन् । प्रदेश १ मा भने प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै ठाउँमा दुईवटा मतदानस्थल रहनेछन् ।

राष्ट्रिय सभाको १९ सदस्यका लागि माघ १२ गतेका लागि तय गरिएको मतदान सातवटै प्रदेशमा हुनेछ । सातवटै प्रदेशमा कुल दुुई हजार २५ जना मतदाता छन् । ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुख राष्ट्रिय सभा सदस्यको मतदाता छन् । प्रवक्ता पौडेलका अनुसार राष्ट्रिय सभा सदस्यको मतदान, स्थानीय तहको निर्वाचनलगायतबारे छलफल गर्न शुक्रबार सर्वदलीय बैठकसमेत बोलाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

विराटचोकमा ट्रक चालक ...

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराट चोकमा एकजना ट्रक चालकको कान अपरिचित युवाहरुल ...

लालीगुराँस कोभिड निय ...

एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावक ...

टिभी टुडे टेलिभिजनमा ...

काठमाडौं । पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको ...

धनुषामा विभत्स हत्या ...

जनकपुरधाम । धनुषामा विभत्स हत्या गरिएको अवस्थामा युवतीको शव फेला परेको छ। धनुषाधाम नगरपालिका– ...

मोरङमा अपाङ्गता भएकी ...

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–७ मा अपाङ्गता भएकी एक जना किशोरीलाई बलत्कार गरेको आरोपमा ...

ब्राजिलमा २४ घन्टामा ...

एजेन्सी । ब्राजिलमा २४ घन्टामा ३३८ जनाको कोरोना भाइरसका कारण निधन पनि भएको छ ।ब्राजिल कोरोना भाइरसका ...

संचरलय एड्भरटाइजिङ प्रा. लि. द्वारा सञ्चालित सञ्चारलय डटकम

Email: [email protected]

समाचार तथा बिज्ञापनका लागि सम्पर्क: ९८५२०६३५८३

  • अध्यक्ष: अर्जुन पौडेल
  • सम्पादक: किरण न्यौपाने
  • प्रमुख सम्वाददाता: कृष्ण कार्की
  • डेस्क इडिटर: बिनिता कटुवाल
  • तस्वीर: महेश्वर कार्की