इटहरी / इटहरीका मेयर द्वारीक लाल चौधरीले दैनिक ज्याला मजदुरी गर्नेको चुलो बल्ने स्थिति नभएको बताएका छन् ।
विश्व यति वेला कोरोना भाइरसले गर्दा आतङ्कित बनेको बेला यसबाट बच्न नेपाल सरकारले एक साता यता लकडाउन गरेको छ
यस्तो अवस्थामा आफ्ना नगरका जनताका दैनिकीको बारेमा गम्भीर हुँदै इटहरीका मेयरले यस्तो बताएका हुन ।
उनले कार्यपालिकाको बैठकबाट आफ्नो नगर भरि रहेका विपन्न ज्याला मजदुरी गरी आफ्नो गुजारा चलाउने घर परिवारलाई हाललाई एक हप्ता पुग्ने खाद्यान्न सामाग्री नुन, तेल, दाल र चामल वितरण गरिरहेका छन् । उनी आफ्नै सक्रियतामा वाड वाडमा वितरण गरिरहेका छन् ।
इटहरीमा करिब चालिस हजार घर परिवार रहेकोमा करिब दश देखि पन्ध्र हजार घरपरिवार ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका छन् । देश लकडाउन भए पछि ती परिवारले दैनिक ज्याला मजदुरी गर्न नपाएको र खाद्यान्न सामाग्री पनि सञ्चय गर्न नपाएकाले नगर सरकारले तिनीहरूलाई राहत दिइने मेयरले बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस्