अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार

  • प्रकाशित मिति: मंसिर १०, २०७७ / सञ्चारलय
alt

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो ।

खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ ।

स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खाप शाखाका प्रमुख डा. झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।

उक्त खोपलाई एसआईआईले कोभिसिल्ड नामले निर्माण गरिरहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको निगरानीमा यसको परीक्षण चलिरहेको छ । सफल परीक्षण हुनासाथ नेपाल ल्याउन सहज हुने सरकारको बुझाइ छ । स्रोतका अनुसार सीईओ पुनावालासँग केही दिनमै कुरा हुनेछ ।

                                                                              कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

ब्राउनसुगर सहित झापा ...

झापा / लागुऔषध ब्राउनसुगर सहित झापाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँक ...

इटहरी उप-महानगरको आठ ...

इटहरी / उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौध ...

इटहरीका सामुदायिक वि ...

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा रहेको श्री मनमोहन आधारभूत विद्यालयमा ८ कक्षा सम्म पढ ...

प्रधानमन्त्री ओलीले ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालु ...

म्याग्दीको बेनीमा जि ...

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत ...

आँगो निभाउने क्रममा ...

डोटी / जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट ...