विराटनगर । मोरङको उर्लाबारी–४ मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको हो ।
झापाको काँकडभिट्टाबाट पश्चिमतर्फ आउँदै गरेको को १ ख ६२७८ नम्बरको सुम्निमा ट्राभल्सको यात्रुबहाक बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्की गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा साँझ ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार मोटरसाइकलको पछाडि सवार दमक–४ का २७ वर्षीय उत्तम कटुवाल दुर्घटनामा परेर गम्भीर घाइते भएका छन्। अरनिको अस्पतालमा उपचार हुन नसकेपछि कटुवाललाई थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको छ।
दुर्घटना गराउने सुम्निमा ट्राभल्सको बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर बसको आगडिको भाग र मोटरसाइकलमा पनि क्षति पुगेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस्