ट्रम्पले चुनाव अधिकृतलाई भोटको व्यवस्था गर्न दबाब दिएको फोन रेकर्ड सार्वजनिक

  • प्रकाशित मिति: पुस २०, २०७७ / सञ्चारलय
alt

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जिया राज्यका वरिष्ठ चुनाव अधिकृतलाई केही भोटको व्यवस्था गर्न दबाब दिएको फोन रेकर्ड सार्वजनिक भएको छ ।

आफ्नो जित सुनिश्चित गर्न ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रेफेनस्पर्जरलाई चुनावमा धाँधली भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह गरेको फोन रेकर्ड सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डमा राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरसँग केवल ११ हजार ७ सय ८० भोट चाहेको भन्दै दवाव दिएको छ । जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भएका थिए ।

जर्जियामा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत प्राप्त गरेका थिए । जुन ट्रम्पले प्राप्त गरेकोभन्दा ११ हजार ७ सय ७९ मत धेरै हो ।

त्यसैले राज्यमा जितका लागि बाइडेनले प्राप्त गरेको भोटभन्दा बढी आफ्नो भोट बनाउन ट्रम्पले चुनाव अधिकारीलाई दबाब दिएका हुन्। फोनमा राष्ट्रपति ट्रम्पले आफूले भनेबमोजिम नगरे रेफेनस्पर्जरलाई कानुनी चुनौतीको सामना गर्नुपर्ने धम्की पनि दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ब्राउनसुगर सहित झापा ...

झापा / लागुऔषध ब्राउनसुगर सहित झापाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँक ...

इटहरी उप-महानगरको आठ ...

इटहरी / उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौध ...

इटहरीका सामुदायिक वि ...

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा रहेको श्री मनमोहन आधारभूत विद्यालयमा ८ कक्षा सम्म पढ ...

प्रधानमन्त्री ओलीले ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालु ...

म्याग्दीको बेनीमा जि ...

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत ...

आँगो निभाउने क्रममा ...

डोटी / जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट ...