शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

  • प्रकाशित मिति: पुस २५, २०७७ / सञ्चारलय
alt

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व संकलनका लागि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न यस्तो निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशन पछि राजस्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टर आज (शनिबार) पनि खुला रहने भएका छन् । सोही निर्देशनकै कारण केही बैंकले शुक्रबार नै सूचना प्रकाशित गरेर शनिबार दिउँसो बैंक खुला रहने जानकारी गराइसकेका छन् ।

कोरोना महामारीका कारण चालु आवको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ । सोही ताकेतापछि देखिएको राजस्व बुझाउने कार्यमा थप सहजता ल्याउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो ।

                                                              राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

ब्राउनसुगर सहित झापा ...

झापा / लागुऔषध ब्राउनसुगर सहित झापाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँक ...

इटहरी उप-महानगरको आठ ...

इटहरी / उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौध ...

इटहरीका सामुदायिक वि ...

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा रहेको श्री मनमोहन आधारभूत विद्यालयमा ८ कक्षा सम्म पढ ...

प्रधानमन्त्री ओलीले ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालु ...

म्याग्दीको बेनीमा जि ...

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत ...

आँगो निभाउने क्रममा ...

डोटी / जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट ...