प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा नेपाली, सचिवमा राई

  • प्रकाशित मिति: पुस २७, २०७७ / सञ्चारलय
alt

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रवास कमिटी प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाको अध्यक्षमा सृजना नेपाली चयन भएकी छिन् । उनलाई जनवरी २०२१ आइतबार बसेको केन्द्रीय कमिटिको भर्चुअल जुम बैठकले अध्यक्षमा चयन गरेको हो ।

त्यसै गरी सचिवमा अञ्जन कुलुङ राई लगायत १६ जनालाई केन्द्रीय सदस्यमा थप गरी बृहत् सङ्गठन निर्माण गरेको विज्ञप्तिमा जनाइएको छ।

जसमा विनोद खनाल, सुजन पण्डित, माधव अर्याल, मदन कृष्ण भुजेल, दिलीप दाहाल, भवानी बेघा, सन्दीप बि.क., सन्तोष श्रेष्ठ, सुरज ठकुरी, वीर कुमार ओली, टिकाराम पोखरेल, विनोद खनाल (गुल्मी), दीपक खनाल, गणेश आले मगर, टिबी घर्तिमगर,सुरज दर्लामी मगरलाई थप गर्ने निर्णय गरेको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य, प्रवास संयोजक तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार कमरेड राजन भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाका अध्यक्ष पर्शुराम सापकोटा नेपाल फर्किएको लामो समय सम्म राजीनामा स्वीकृत हुन नसक्दा उक्त पद सचिव मार्फत चलिरहेको थियो।

ताजा जनादेशमा जान निर्वाचनको मिति घोषणा गरेको कदम स्वागत योग्य

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरी निर्वाचनको मिति घोषणा गरेको भन्दै प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले स्वागत गरेको छ । नेपाली जनताको चाहाना अनुसार तीव्र विकासमा एकताबद्ध प्रयास गर्नुको सट्टा केही नेताहरूको नितान्त व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्न पार्टी भित्र गुटगत क्रियाकलाप गरेकाले ताजा जनादेशमा जाने कार्य स्वागत योग्य रहेको बताएको हो ।

संवैधानिक र कानुनी प्रक्रियाबाट सहज हुने कामहरूलाई हुनै नदिने र सरकारको कामलाई परिणाममुखी हुन नदिने र पदहरूमा सौदा बाजि गर्दै जनमतको यथोचित सम्मान नभएको सन्दर्भमा प्रतिनिधि सभाको विगठन र ताजा जनादेशको लागि निर्वाचनको घोषणा प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरियाले स्वागत गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

ब्राउनसुगर सहित झापा ...

झापा / लागुऔषध ब्राउनसुगर सहित झापाबाट दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काँक ...

इटहरी उप-महानगरको आठ ...

इटहरी / उपमहानगरको आठौँ नगर सभा सुरु भएको छ । नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख द्धारिकलाल चौध ...

इटहरीका सामुदायिक वि ...

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका १० खनारमा रहेको श्री मनमोहन आधारभूत विद्यालयमा ८ कक्षा सम्म पढ ...

प्रधानमन्त्री ओलीले ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालु ...

म्याग्दीको बेनीमा जि ...

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत ...

आँगो निभाउने क्रममा ...

डोटी / जंगलमा लागेको आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट ...